काठमाडौँ- नेकपा एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन हुँदैछ । अन्तिम दिन आज चिवाभञ्ज्याङ पुगेर यात्रा समापन गरिने छ।
अध्यक्ष केपी शर्मा ओली सहभागि यात्रा आज पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झन्डोत्तोलन सहित यात्राको समापन हुने एमालेले जनाएको छ।
१ सय १ किलोमिटरको यात्रा सकाएर टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ।
गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन्।


