सुनसरी- विवाहपञ्चमीका अवसरमा सुनसरीको इनरुवामा रथयात्रा निकालिएको छ। इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी संस्थाले रथयात्रा निकालेको हो।
रामजानकी मन्दिरबाट सुरु गरिएको रथयात्राले नगर परिक्रमा गरेको थियो। मार्गशीर्ष शुक्ल पञ्चमीका दिन रामसीताको विवाह भएको दिनको सम्झनामा विवाहपञ्चमी पर्व मनाइँदै आएको छ।
आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिवधनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको रामायणमा उल्लेख छ।
त्यसैअनुसार सीतारामविवाह कार्यक्रम आयोजना हुँदै आएका छन्। जनकपुरधाममा प्रत्येक वर्ष भव्यताका साथ विवाहपञ्चमी पर्व मनाउने गरिन्छ।

विवाह पञ्चमीका अवसरमा आइतबार सुनसरीको इनरुवा–४ स्थित रामजानकी गुठी संस्थाले इनरुवामा निकालेको रथयात्रा। रामजानकी मन्दिरबाट सुरु गरिएको रथयात्राले नगर परिक्रमा गरेको छ। तस्बिर: रासस

तस्बिर: नवीन गड्तौला/अजितकुमार झा/रासस