२०८३ कार्तिक १५ गते शनिवार

जनकपुरधाममा धुमधाम विवाहपञ्चमी

 |  अजयकुमार साह
Sanket

अजयकुमार साह

धनुषा, पुस १
indra_dhanus
जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा। तस्बिर : रासस

धनुषा-

आजु मिथिला नगरिया निहाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !
(आज मिथिला नगरी निकै सुन्दर भएको छ सखीहरु, चार जनै दुल्हामध्ये जेठो चाहीँ निकै कमाल को छ।)

यस्तै सुमधुर लोकगीतसङ्गीतबीच प्रत्येक वर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको रौनक यतिबेला जनकपुरधाममा देखिएको छ। प्राचीन मिथिला र अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह पञ्चमी महोत्सव पौराणिक प्रचलनअनुसार मनाइँदै छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। साताव्यापी महोत्सवमा सहभागी हुन यसपटक लाखौँ श्रद्धालु यहाँ आएका छन्। सो क्रममा जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना गर्नेहरुको श्रद्धालुको भीड लागेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए।

रामायणमा तुलसीदासले लेखिएको पंक्ति उदृत गर्दै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भन्छन्, ‘सिया रघुवीर विवाह जे गावही, सुनही तिनहुँ सदा उछाह मंगलाय तन रामजसो।’ बालकाण्डको अन्तिममा लेखिएको यस पंक्तिको अर्थ हो, भगवान् राम र सीताको यस अलौकिक विवाहलाई जसले हृदयदेखि सुन्ने, गाउने र वाचन गर्ने गर्छ, उसको जीवन सदैव मंगलमय हुन्छ। त्यसैले पनि विवाहपञ्चमी महोत्सव जनकपुरधामको घरघरमा सुनिने, गाइने र वाचन गर्ने गरिन्छ। वर्षौंदेखि जनकपुरधामले धान्दै आएको यस सांस्कृतिक विरासत मिथिलाका अन्य सहरमा फैलिँदै छ।

महन्थ दासका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता भौतिक शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन्।

मैथिल साहित्यकार डा राजेन्द्र विमल बताउँछन्, ‘संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ। सो अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन्।’

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मङ्सिरको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ।

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न गरिँदै । शनिबार जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका छन्। तस्बिर : अजयकुमार साह/रासस

सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरबारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ। उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ।

राम र जानकीको स्वयम्वर भएको जनविश्वास रही–आएको रङ्गभूमी १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राम मन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा सहित लावा–लस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ। त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ।

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनको भीड । रासस

त्रेता युगमा मिथिलापति शिरध्वज जनकले सीता स्वयंवरको आयोजना गर्दा देशदेशान्तरका सयौं राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ। अहिले पनि हिन्दू जातिको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधाममा मुलुकलगायत भारतबाट आएका लाखौं श्रद्धालु डोला परिक्रमाको दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन्।

यस वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीया तिथिका दिन अयोध्याबाट साधु सन्तहरू समेतको एउटा जन्तीको डफ्फा(बाराती समूह)लाई जनकपुरधाम आइपुग्दा भव्य स्वागत गरिन्छ। अयोध्याबाट आउने जन्ती समूह(बाराती समूह)लाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य तथा हार्दिक स्वागत तथा अभिवादन गर्ने परम्परा छ।

साताव्यापी विवाहपञ्चमीको पहिलो दिन मङ्गलबार नगरदर्शन र दोश्रो दिन बुधबार फुलबारी लिला र बिहीबार तेश्रो धनुष यज्ञ, चौथो दिन मङ्सिर २९ गते तिल्कोत्सव र मङ्सिर ३० गते मटकोर विधि सम्पन्न भइसकेको छ। आज पुस १ गते आज विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव  छ भने भोलि पुस २ गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने महन्थ दासले बताए।

महन्थ दासले भने, ‘आज पञ्चमी तिथिमा राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ। त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादनका साथै राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ।’

राम मन्दिरबाट पुगेको मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरतीपूजनपछि स्वयम्बर पूरा हुन्छ। त्यसपछि राम मन्दिरको मण्डप अगाडि राखेर सबै पछिपछि लाग्दछन् र जानकी मन्दिर पुर्‍याएर आरती पूजन गरिन्छ। त्यसपछि राम मन्दिरको डोला लावा लस्करका साथ राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्परा–अनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लोज र धर्मशालाहरू भरिभराउ छन्। साथै भक्तजनको सुविधाका लागि स्थानीय संघ संस्थाहरूले ठाँउ–ठाँउमा बासको प्रबन्धका लागि पन्डाल निर्माण गरिदिएका छन्।

खास गरेर नेपाल तथा भारतको विभिन्न भूभागबाट ठूलो सङ्ख्यामा तीर्थयात्रीहरू जनकपुरधाम आउने क्रम विगत दुई दिनदेखि जारी छ।

अघिल्ला वर्षमा महोत्सवमा सहभागी हुन देशविदेशका विशिष्ट राजनीतिक व्यक्तित्वलाई पनि आमन्त्रित गर्ने गरिन्थ्यो। विशिष्ट व्यक्तिहरूको आगमन हुँदा सर्वसाधारण श्रद्धालुलाई महोत्सव मनाउन समस्या हुने गरेको हुँदा यसवर्ष विशिष्ट अथितिलाई ननिमत्याएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास बैष्णवले बताए

सीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ। प्रदेशको पात्रोअनुसार साताव्यापी विवाहपञ्चमी महोत्सवमा बिदा दिइने उल्लेख भए अनुसार बिदा दिइएको हो।

जनकपुरधाममा श्रीसीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत विश्वविजय शर्माले जानकारी दिए। यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले बताए

खाद्यान्नबाट विशाल राम र सीताको आकृति
श्रीसीताराम विवाहपञ्चमी महामहोत्सवमा जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा खाद्यान्नबाट भगवान् राम, सीताको स्वयंम्बरको ११ हजार ११ वर्गफिटको विशाल आकृति बनाइएको छ। भगवान् राम सितासँगै राजर्षि जनक तथा विश्वामित्रको पनि आकृति निर्माण गरिएको छ।

जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै । विश्व किर्तिमान कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकारको टोली जनकपुरधाम आएको छ । तस्बिरः चन्द्रदेव साह / रासस

खाद्यान्नबाट बनाइएको आकृतिको उचार्ई एक सय २१ फिट र चौडाई ९१ फिटको रहेको श्रीसीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक एवं जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए। आकृतिको निर्माणमा ११ प्रकारको खाद्यान्न गरेर एक सय दुई क्विन्टल प्रयोग भएको संयोजक महासेठले बताए। यसमा चालन, गहुँ, भटमास, चना, मुम्फली, मुंग, रहरको दाल, मक्कै, रहरको दाल, मसुरोको दाल र काला उरिद प्रयोग गरिएको छ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनकतालाई अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको छ। विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको सो प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि समेत खुल्ला गरिएको छ।

यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाउनुभएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गर्नुभएको छ। कोरोना महामारीको समयदेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गर्नुभएका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिना पारिश्रमिक यो प्रतिमाको निर्माण गरेको बताए।

भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाएको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यूदूत देवीसहाय मिणाको भनाइ छ।

पछिल्लो पटक भारतको अयोध्यमा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका सतिश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए।

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनको भीड । रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनको भीड । तस्बिर : निरञ्जनकुमार साह/रासस

प्रकाशित: २०८० पुस १ गते आईतबार ०४:०१
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना