काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको महासचिव घनश्याम भुसालले जानकारी दिए।
उनका अनुसार बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ। बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने उनले बताए।
बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ।


