२०८३ कार्तिक १५ गते शनिवार

जानकी गाउँपालिकामा पहिलोपटक ११ कक्षाको पढाइ हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २
banke

नेपालगञ्ज-  बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रदेखि ११ कक्षाको अध्ययन सुरु भएको छ। नेपालगञ्ज नजिकै रहेर पनि दुर्गम क्षेत्रको रुपमा रहेको उक्त गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायको पढाइ थालिएको हो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायका अनुसार तेह्र विद्यार्थी भर्ना भए पनि आठ जना मात्र नियमित रुपमा अध्ययन गरिरहेका छन्। पठनपाठनका लागि तीन शिक्षकको व्यवस्था गरिएको उनले बताए। तेह्र विद्यार्थीमध्ये ६ जना छात्रा छन्।

‘हामीले धेरै वर्षदेखि कक्षा ११ को पठनपाठनका लागि प्रयास गर्‍यौँ तर अहिले बल्ल सफल भएका छौँ,’ प्रधानाध्यापक आर्चायले भने। जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो।

दरबन्दी भएका शिक्षकलाई मासिक रु ४० हजार तलब दिने गरिएको छ। चार सयको हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा ५ तथा निम्न माध्यमिक तहमा ३ शिक्षकको दरबन्दी रहेको छ।

जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएकोे र अर्को वर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी सङ्ख्या बढ्दै जाने बताइन्।

गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो। मदरसा र गुरुकुल विद्यालयसहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र ६ संस्थागत विद्यालय रहेका छन्।

प्रकाशित: २०८० पुस २ गते सोमबार ११:३६
प्रतिक्रिया

थप समाचार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...

जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेट आउछः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना