काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको सातौँ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। ११ सदस्यीय केन्द्रीय कार्य समिति र १३ जना महाधिवेशन प्रतिनिधि चयन गर्दै आईतबार सो अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन शुक्रबार नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए। शनिबार बन्द सत्र र आईतबार सर्वसम्मत रूपमा निर्वाचनको कार्यक्रम सम्पन्न भएको हो।
निर्वाचनमा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघका तर्फबाट सभापति, उपसभापति, महासचिव, कोषाध्यक्ष, दुई सदस्य तथा सातजना केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी १३ जना निर्वाचित भएका छन्।
अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घका तर्फबाट सभापतिमा प्रा डा मुकुन्दप्रसाद लामिछाने निर्वाचित भए। त्यसैगरी उपसभापतिमा विष्णुप्रसाद पन्थी, महासचिवमा डा नारायणप्रसाद बराल, सचिवमा सुधीरकुमार शर्मा, कोषाध्यक्षमा लोमशकुमार लामिछाने तथा सदस्यमा दामोदर गौतम, मेघराज शर्मा, तेजप्रकाश पौडेल, कृष्णगोपाल अधिकारी, कैलाश झा र शेषनारायण मरासिनी चयन भए।
त्यस्तै नेकपा एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनका तर्फबाट कोषाध्यक्ष, तीन सदस्य र पाँच केन्द्रीय महाधिवेशन प्रतिनिधि गरी नौ जना निर्वाचित भएका छन्।
त्यस्तै, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट केन्द्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एक-एकजना निर्वाचित भएका छन्।
निर्वाचितहरुको विवरण



