जनकपुरधाम- सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो।
आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको थियो। जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ।
जानकी मन्दिरका छोटे महन्थ रोशण दास ‘वैष्णव’ले रामकलेवाअन्तर्गत आज करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए। उनले अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, झोरी, बरी, अचार, मिठाईसहित ३६ प्रकारका व्यञ्जन समावेश गरिएको थियो।
साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ वैष्णवले जानकारी दिए। ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ,’ उनले भने, ‘आज त्यो चलनलाई निरन्तरता दिएका छौँ। रू दुई सय देखि रू पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ।’
भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउने परम्परा रहेको छ। यसवर्ष पनि लाखौँ श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका जनाइएको छ। एक साता बढीदेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन्।
विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो।
हेर्नुहोस् २२ तस्बिर

जनकपुरधामको रङ्गभूमी मैदानमा विवाह पञ्चमीको अवसरमा ११ हजार ११ स्क्वायर फिटको अन्नले बनेको राम–सीता स्वयंवरको प्रतिमा बनाउँदै स्थानीय । तस्बिरः निरञ्जनकुमार साह / रासस

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यसवर्षको विवाहपञ्चमी महोत्सवको जानकी मन्दिर परिसरमा रामकलेवा विधि गरिँदै । आज रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। तस्बिरः निरञ्जनकुमार साह/रासस

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव विधिमा शुक्रबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव र दुलहा पक्षका प्रतिनिधित्व गर्नुभएका राम मन्दिरका महन्थ राम गिरी ‘सम्धी मिलन’ गर्दै । तस्बिर निरंजनकुमार साह / रासस

जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा। तस्बिर : रासस

जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुष उचालेर टुक्रा पारेपछि श्रीराम र सीताको भेषमा सजिएका कलाकार स्वयंवरका लागि माला साटासाट गर्दै । तस्बिरः चन्दन ठाकुर / रासस

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु। तस्बिरः चन्दन ठाकुर/रासस

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु। तस्बिरः चन्दन ठाकुर/रासस

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा राम लक्ष्मणको भेषमा सजिएका कलाकार । तस्बिरः चन्दन ठाकुर÷रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् । तस्बिरः चन्द्रदेव साह / रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा आइतबार झिलिमिली बत्तिले सिंगारिएको जानकी मन्दिर । तस्बिर : चन्द्रदेव साह/रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा आइतबार झिलिमिली बत्तिले सिंगारिएको जानकी मन्दिर । तस्बिर : चन्द्रदेव साह/रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाचौँ दिन शनिबार पवित्र सरोवर गङ्गासागरमा मटकोर विधि गर्दै भक्तजन । तस्बिरः चन्द्रदेव साह / रासस

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विवाहपञ्चमी महोत्सवको सातौँ दिन सोमबार जानकी मन्दिरमा रामकलेवा विधि गरिँदै। सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो। तस्बिरः चन्देव साह/रासस

जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै । विश्व किर्तिमान कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकारको टोली जनकपुरधाम आएको छ । तस्बिरः चन्द्रदेव साह / रासस

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न गरिँदै । शनिबार जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका छन् । तस्बिर : अजयकुमार साह/रासस

जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा। तस्बिर : रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका ७नतसद्धालु भक्तजनको भीड। तस्बीरः अजयकुमार साह/रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका ७नतसद्धालु भक्तजनको भीड। तस्बीरः अजयकुमार साह/रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका ७नतसद्धालु भक्तजनको भीड । तस्बीरः अजयकुमार साह/रासस

विवाहपञ्चमीका दिन आइतबार जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वसाधारणको भीड। तस्बिरः अजयकुमार साह/रासस

विवाहपञ्चमीका दिन आइतबार जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वसाधारणको भीड। तस्बिरः अजयकुमार साह/रासस


