२०८३ कार्तिक १२ गते बुधबार

रामकलेवासँगै सकियो विवाहपञ्चमी महोत्सव, हेर्नुहोस् २२ तस्बिर

 |  रासस
Sanket

रासस

जनकपुरधाम, पुस २
CS-Janakpur-DJI_0150
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा आइतबार झिलिमिली बत्तिले सिंगारिएको जानकी मन्दिर । तस्बिर : चन्द्रदेव साह/रासस

जनकपुरधाम- सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो।

आइतबार राति वैदिक परम्परा अनुसार प्रतिकात्मक भगवान राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको थियो। जसअन्तर्गत भारत र अन्य स्थानबाट आएका साधुसन्त तथा श्रद्धालुलाई ३६ प्रकारका व्यञ्जनसहित भोजन र दक्षिणा दिएर बिदाइ गरिएको छ।

जानकी मन्दिरका छोटे महन्थ रोशण दास ‘वैष्णव’ले रामकलेवाअन्तर्गत आज करिब १० हजार साधुसन्त र श्रद्धालुलाई ३६ व्यञ्जनको भोजन गराइएको जानकारी दिए। उनले अनुसार मिथिला भोजनमा दाल, भात, चार प्रकारका तरकारी, दही, झोरी, बरी, अचार, मिठाईसहित ३६ प्रकारका व्यञ्जन समावेश गरिएको थियो।

साधुसन्तलाई कम्बल, दोसल्ला र नगद दक्षिणासमेत दिइएको सहायक महन्थ वैष्णवले जानकारी दिए।  ‘जन्तीलाई विशेष भोजन र दान दक्षिणा दिएर बिदाइ गर्ने चलन छ,’ उनले भने, ‘आज त्यो चलनलाई निरन्तरता दिएका छौँ। रू दुई सय देखि रू पाँच सयसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेका हौँ।’

भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउने परम्परा रहेको छ। यसवर्ष पनि लाखौँ श्रद्धालु र साधुसन्त विवाह पञ्चमीमा सहभागी भएका जनाइएको छ। एक साता बढीदेखि विवाहपञ्चमीको लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भए लगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन्।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि, छैँटौँ दिन स्वयंवर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज सोमबार रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो।

हेर्नुहोस् २२ तस्बिर

जनकपुरधामको रङ्गभूमी मैदानमा विवाह पञ्चमीको अवसरमा ११ हजार ११ स्क्वायर फिटको अन्नले बनेको राम–सीता स्वयंवरको प्रतिमा बनाउँदै स्थानीय । तस्बिरः निरञ्जनकुमार साह / रासस

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यसवर्षको विवाहपञ्चमी महोत्सवको जानकी मन्दिर परिसरमा रामकलेवा विधि गरिँदै । आज रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। तस्बिरः निरञ्जनकुमार साह/रासस

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव विधिमा शुक्रबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव र दुलहा पक्षका प्रतिनिधित्व गर्नुभएका राम मन्दिरका महन्थ राम गिरी ‘सम्धी मिलन’ गर्दै । तस्बिर निरंजनकुमार साह / रासस

जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा। तस्बिर : रासस

जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको तेस्रो दिन बिहीबार ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुष उचालेर टुक्रा पारेपछि श्रीराम र सीताको भेषमा सजिएका कलाकार स्वयंवरका लागि माला साटासाट गर्दै । तस्बिरः चन्दन ठाकुर / रासस

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु। तस्बिरः चन्दन ठाकुर/रासस

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीताको भेषमा सजिएका कलाकारहरु। तस्बिरः चन्दन ठाकुर/रासस

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा राम लक्ष्मणको भेषमा सजिएका कलाकार । तस्बिरः चन्दन ठाकुर÷रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा ११ हजार ११ स्क्वायर फिटको अन्नबाट बनेको सीतारामको प्रतिमा । प्रतिमालाई शनिबारबाट सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो। भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर प्रतिमा निर्माण गरेका छन् । तस्बिरः चन्द्रदेव साह / रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा आइतबार झिलिमिली बत्तिले सिंगारिएको जानकी मन्दिर । तस्बिर : चन्द्रदेव साह/रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवमा आइतबार झिलिमिली बत्तिले सिंगारिएको जानकी मन्दिर । तस्बिर : चन्द्रदेव साह/रासस

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाचौँ दिन शनिबार पवित्र सरोवर गङ्गासागरमा मटकोर विधि गर्दै भक्तजन । तस्बिरः चन्द्रदेव साह / रासस

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विवाहपञ्चमी महोत्सवको सातौँ दिन सोमबार जानकी मन्दिरमा रामकलेवा विधि गरिँदै। सोमबार रामकलेवा विधि भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो। तस्बिरः चन्›देव साह/रासस

जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै । विश्व किर्तिमान कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकारको टोली जनकपुरधाम आएको छ । तस्बिरः चन्द्रदेव साह / रासस

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार मटकोर विधि सम्पन्न गरिँदै । शनिबार जानकी मन्दिरबाट बाजागाजा सहितका टोली धार्मिक तथा पौराणिक महत्वको गंगासागर पोखरीमा पुगेर मटकोर विधि गरेका छन् । तस्बिर : अजयकुमार साह/रासस

जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवअन्तर्गत ‘धनुष यज्ञ’ मा राखिएको शिव धनुषको प्रतिमा। तस्बिर : रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका ७नतसद्धालु भक्तजनको भीड। तस्बीरः अजयकुमार साह/रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका ७नतसद्धालु भक्तजनको भीड। तस्बीरः अजयकुमार साह/रासस

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा आइतबार भगवान राम सीताको डोलासहित निकालिएको झाकीमा देखिएका ७नतसद्धालु भक्तजनको भीड । तस्बीरः अजयकुमार साह/रासस

विवाहपञ्चमीका दिन आइतबार जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वसाधारणको भीड। तस्बिरः अजयकुमार साह/रासस

विवाहपञ्चमीका दिन आइतबार जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वसाधारणको भीड। तस्बिरः अजयकुमार साह/रासस

प्रकाशित: २०८० पुस २ गते सोमबार ०९:२१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना