काठमाडौँ- आज बिहान ८ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को कार्यव्यस्तताका कारण बैठक सरेको हो।
बिहान ८ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक दिउसो ३ बजेको लागि सारिएको छ। भदौ १६ बाट सुरु भएको रूपान्तरण अभियान पुस १६ मा सकिँदै छ। त्यसपछि केन्द्रीय कमिटीको बैठक बोलाउने माओवादी केन्द्रको तयारी छ।
केन्द्रीय समितिको बैठक, अभियानको समीक्षा, विधान सम्मेलन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।


