२०८३ कार्तिक १३ गते बिहिबार

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत २६
150 desko rastragan gaune nepali
फेवातालअघि राष्ट्रगान गाउँदै नेपाली। तस्बीरः रासस

गण्डकी– चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन, विश्व राष्ट्रगान यात्री रामजी नेपाली। फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ।

पर्यटकीय याम चलिरहेकाले बेला पोखरामा आगन्तुकको चहलपहल ब्यापक छ। गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहेका छन्। बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उनी बताउँछन।

सधैँझैँ गएको शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा पुगे नेपाली। छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो। यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो। उनले राष्ट्रगान गाए। नेपालको राष्ट्रगानबाट सुरु भयो, उनको प्रस्तुतिको सिलसिला। सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उनले विभिन्न देशका राष्ट्रगान गाइरहे। प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए।

विदेशी पनि बाक्लै देखिन्थे। देशभित्र जुन ठाउँ पुग्दा पनि उनले पहिले नेपालको राष्ट्रगान गाउँछन्। त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको। शुक्रबार पनि उनले त्यसै गरे। भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उनको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे। हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए। नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे।

गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे। कतिले तस्बिर लिए। कोहीले मोबाइलमा श्रव्यदृश्य नै कैद गरे। उनको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो। बीचतिर उनले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहेका थिए।

यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो। तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे। नेपालीसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए। अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरु दङ्ग परिरहेको देखिन्थे।

फेवा ताल।

नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्किएका हुन् उनी। कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनी अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहेका छन्।

‘पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु,’ उनले भने, ‘अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु।’

नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाए। सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उनको भनाइ छ।

उनले अहिले एक सय ५० देशका राष्ट्रगान गाउँछन्। विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसकेका छन्। नेपाली तीन महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (युएई) पुगेर फर्किएका रहेछन्। कोभिड–१९ यता उनको पहिलो विदेशयात्रा थियो त्यो। उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन्। इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका छन्।

उनको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो। बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्ड्सका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले स्मरण गरे। ‘आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ,’ नेपालीले विगत सम्झिए। तीन वर्षअघि भारत पुग्दा उनले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए।

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेको बनाउँछन। ‘कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु,’ नेपालीले भने। सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उनको लक्ष्य भने पछाडि धकेलिएको छ। कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए।

जस्तै सङ्कट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ। ‘मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन,’ नेपालीले भने।

बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ। त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी।

‘मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो,’ उनले भने, ‘संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु।’ विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उनले बताए।

नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आउनुभएको छ। एक सय ९५ देशका राष्ट्रगान र तिनका धुन सङ्कलन गरिसकेको उनको भनाइ छ। अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ।

‘सङ्गीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ,’ नेपालीले भने। उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन्। ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीतमा स्वर दिएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै सङ्गीत कर्ममा फर्कने बताए।

प्रकाशित: २०७९ चैत २६ गते आईतबार १०:३७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

वर्षौंदेखि सम्भावना ढुकेको दिज गाउँ

बागलुङ- वरिपरि घना जंगल। छेउमै सुसाउने उत्तरगंगा नदी। नदी किनारमा छ दिज गाउँ। काठै काठले सजाइएका घर र गाउँले जनजीवन। यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई। जोडिएर बनेका काठका मौलिक घर...

‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान : सीईओ जोशी

काठमाडौँ- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले 'ग्रिन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको...

ठमेल मान्दैन आचारसंहिता

'क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौं, हालसम्म सुनुवाइ भएको छैन,' उनले भने, 'प्रहरीमा कुरा पुर्‍याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ।'

फेवाताल र रानीवनमा असर पुग्ने गरी पदमार्ग निर्माण, अख्तियारमा उजुरी

पोखरा- गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखराको फेवाताल र रानीवन क्षेत्रमा गम्भीर पर्यावरणीय असर पुर्‍याउने गरी पदमार्ग निर्माणका लागि सरकारी बजेट लगानी गरेको पाइएको छ। पोखरा...

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु)- प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एअरपोट)मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्। बाक्लो तुवालोले भिजिबिलिटी कमजोर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना