जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ ।
न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
तत्कालीन समयमा परीक्षण गर्ने डा बिदामा रहेको र उनको सट्टामा अर्को डाक्टरको वकपत्र गराइएको देखिएकाले पुनःवकपत्र गराउन आदेश गरेको आदेशमा छ। लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।


