काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए।
डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर जाँच गर्दा गाँजा बरामद भएको थियो।
बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए। बरामद गाँजालाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी भन्सारको छ।
भन्सारले ३० मंसिरमा पनि अमेरिकाबाट आएको ५५ किलो गाँजा बरामद गरेको थियो।


