काठमाडौँ- माइतीघरमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले धरपकड गरेको छ।
ललितपुर बालकुमारीको प्रदर्शनमा शुक्रबार दुई युवक मारिएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरमा शनिबार प्रदर्शन भएको थियो। निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो। पुस ४ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका थिए।












