काठमाडौँ- कास्कीको पोखरा-मर्दी ट्रेकमा गएका १ जना पदयात्री २४ घन्टादेखि सम्पर्कविहीन भएका छन्।
शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी तीव्र पारिएको माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए।
आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ।
