काठमाडौँ- बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाको जाँचबुझ गर्न मन्त्रिपरिषद्ले उच्चस्तरीय आयोग गठनको औपचारिक निर्णय गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सोमबार बिहान साढे ८ बजेदेखि मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।
प्रधानमन्त्रीले हिजै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका थिए।
गठनहुने आयोगले आजैदेखि कार्य प्रारम्भ गर्ने आचार्यले बताए।


