२०८३ कार्तिक ११ गते मङ्गलबार

दैनिक ५ सय लिटर दूध बेच्ने योजनामा छन् पूर्वशिक्षक तिलबहादुर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १७
farminig

कास्की– कास्की जिल्ला, रुपा गाउँपालिका–६ भोर्लेका ७० वर्षीय तिलबहादुर खड्का गाउँ फर्केर व्यावसायिक पशुपालनमा रमाएका छन्।

भिरचोकस्थित चन्द्रप्रभा माविमा १२ वर्ष प्रधानाध्यापक र १० वर्ष देउराली स्रोत केन्द्रको स्रोतव्यक्तिसहित चार दशक शिक्षण पेसामा रहेर सेवा गरेपछि पशुपालनमा फर्किएका हुन्।

खड्काले दर्ता गरेको देउराली फार्ममा उन्नतजातका १७ वटा भैँसी र १५ वटा गाई छन्। फार्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुन्छ। बजारमा बिक्री गरेर मासिक रु पाँच लाख आम्दानी हुने गरेको छ। भैँसीको दूध प्रतिलिटर रु एक सय ४० र गाईको दूध रु एक सय २० का दरले बिक्री हुन्छ।

बिहान सबेरै स्कुटरमा दूध बोकेर बजार लैजाने र फर्कंदा गाईभैँसीलाई आवश्यक दाना चोकर बोकेर ल्याउने दैनिकी बनाउँदै आएका उनका कान्छा छोरा भूपेन्दबहादुर खड्का विदेश जानुभन्दा गाउँको जग्गालाई सदुपयोग गर्दै परिवारसँगै बसेर पशुपालनबाट मनग्ये आम्दानी गर्नु राम्रो भएको बताउँछन्।

‘गोठमा रहेका माहु, भैँसी र गाई अधिकांश ब्याउनेछन्। फागुन महिनादेखि दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ,’ उनले भने, ‘गाईभैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गरी बजारमा बिक्री गरेर मासिक रु १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य छ।’

गाउँबाट दूध बोकेर पोखरा जानु र तीन बोरासम्म चोकरदाना बोकेर फर्कंदा ६० देखि ७० किलोमिटर स्कुटरको यात्रा कष्टकर बनेको दुखेसो सुनाउँदै बीबीएस उत्तीर्ण गरेका ३३ वर्षीय खड्काले भ्यान भए उत्पादित दूध बिक्री र पशु आहारा ओसारपसारमा सुविधा पुग्ने बताए।

स्थानीय रुपाकोट रिसोर्टले दैनिक २० लिटर दूध र फार्ममा उत्पादित मल खरिद गर्ने गरेको छ। बाँकी दूधको बजार पोखरा नै हो। फार्मबाट जम्मा भएको गोबर मल बिक्रीबाट हालसम्म रु चार लाख आम्दानी भएको छ। नश्ल सुधारका लागि रु ९० हजारमा राँगो खरिद गर्दा गाउँपालिकाबाट रु ३० हजार अनुदान प्राप्त भएको उनले बताए।

दूध बिक्रीभन्दा पनि फार्ममा जन्मेका पाडापाडी हुर्काउने अभियान छ। गोठमा यतिखेर २० वटा पाडी, दुईवटा पाडा र चारवटा बाच्छाबाच्छी छन्। स्थानीय खडागाउँको पानीको स्रोत सुकेपछि खरिबोटको पानी मोटरको सहायताले ल्याउँदा थप रु ६५ हजार लगानी भएको छ।

पाडापाडी हुर्काएबापत गण्डकी प्रदेश सरकारबाट रु ९० हजार अनुदानसमेत प्राप्त गरेका र यस वर्ष रु ५० हजार अनुदान पाउने विश्वास व्यवसायी खड्काको छ। प्रदेश सरकारले पाडापाडी हुर्काउने पशुपालकलाई प्रतिपाडी रु १० हजार अनुदानको व्यवस्था गरेको छ।

घाँसमा आधारित पशुपालन गर्ने लक्ष्यका साथ २७ रोपनी जग्गामा सुपरनेपिएर जातका बिरुवा, डाले र भुइँघाँस लगाएका कारण पनि पशुपालनमा  सुविधा पुगेको छ।

एभरेष्ट बैङ्कबाट रु ७० लाख कृषि ऋण लिएर फार्म सञ्चालन गरेको बताउँदै खड्का भन्छन्, ‘गाउँको पायक पर्ने स्थानमा १८ रोपनी जग्गा खरिद गरी सुरु गरेको फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ।’ फार्ममा पाँच जनाले रोजगारी पाएका छन्।

उर्वर र रमणीय भोर्ले गाउँका ८० घरमध्ये अहिले चार घरमा मात्र मानिस बस्छन्। बाँकी घर रित्तिएका छन्। जग्गा बाँझो भई जङ्गलमा परिणत भएको छ। साढे दुई वर्षको अवधिमा चरनमा छवटा बाच्छीलाई चितुवाले मारेको छ। पशु बीमाको क्षतिपूर्ति पाउँदा केही हदसम्म राहत मिलेको छ।

सहरबाट गाउँ फर्केर पशुपालन व्यवसाय सञ्चालन गर्नु सबैका लागि प्रेरणाका स्रोत भएको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन्। पालिकाले पशुपालन किसानको प्रोत्साहनका लागि ढुवानी, घाँसका बिरुवा, भकारो सुधार, नश्लसुधार लगायतमा अनुदानको व्यवस्था गर्दै आएको उहाँले जानकारी दिए।

सडक पूर्वाधार निर्माणसँगै पालिकालाई कृषिको पकेट क्षेत्रका रुपमा विकास गरी स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ पशुपालन, कृषि, मौसमी तथा बेमौसमी तरकारीखेती, मौरीपालनलगायत क्षेत्रमा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २०८० पुस १७ गते मङ्गलबार ०२:२०
प्रतिक्रिया

थप समाचार

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...

जेठ १५ गते सिंङगो नेपाल केन्द्रित बजेट आउछः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा सांसदहरूसँग छलफल गरेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बजेटसम्बन्धी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना