२०८३ कार्तिक १५ गते शनिवार

नेपालको जनसङ्ख्या वृद्धिदर खतराको सूचक भन्दा तल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
tu

काठमाडौँ- नेपालको जनसङ्ख्या वृद्धिदर खतराको सूचक भन्दा तल रहेको पाइएको छ। विश्वव्यापी मान्यता अनुसार जनसङ्ख्या वृद्धिदर १ प्रतिशत भन्दा तल झर्नुलाई खतराको सूचक मानिन्छ। हाल नेपालको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले पत्रकार सम्मेलन गरेर जनसङ्ख्या वृद्धिदरलाई नियन्त्रण भन्दा पनि जनसङ्ख्या व्यवस्थापनमा देश जानु पर्ने धारणा अघि सारेको छ। त्रिविका जनसङ्ख्या विषयका सहप्राध्यापक डा। पद्मप्रसाद खतिवडाले जनसङ्ख्या वृद्धिदर नियन्त्रण भन्दा जनसङ्ख्या व्यवस्थापनमा जोड दिन आग्रह गरेका छन्।

‘विश्वव्यापी दार्शनिक मान्यता अनुसार जनसङ्ख्या १ प्रतिशत तल भर्‍यो भने नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्ने हुन्छ।’ सहप्राध्यापक डा. खतिवडाले भने, ‘नेपाल पनि पछिल्लो समय यही अवस्थामा आइपुगेको छ।’

उनले जनसङ्ख्याका विषयमा पर्याप्त चेतना नहुनु, राज्यको प्राथमिकतामा यो क्षेत्र नपर्नु लगायतका कारण यस्तो अवस्था आएको तर्क  गरे।  छिमेकी मुलुक चीनले समेत विगतमा लिएको १ बच्चा नीतिमा पुनर्विचार गरेर जनसङ्ख्या वृद्धिदरलाई प्रोत्साहन गरेको उदाहरणसमेत उनले प्रस्तुत गरेका थिए।

उनले भने, ‘चीनले पहिले एक सन्तान नीति लिएको थियो तर यो नीतिबाट जनसङ्ख्या वृद्धिदरमा गम्भीर धक्का लाग्ने महसुस गरेर सन् २०१५ मै दुई वटा सन्तान जन्माउन प्रोत्साहन गर्‍यो। सन् २०२१ सम्म आइपुग्दा त तीन वटा बच्चा जन्माउनेलाई जीवनभर रोजगारी र पालनपोषणको जिम्मेवारी दिने घोषणा गर्न बाध्य भयो।’

विभागका प्रमुख प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या वृद्धि कम हुनु तथा राज्यका नीतिमा समयानुकूल परिमार्जन नहुँदा उच्च शिक्षामा समेत प्रभाव परेको बताए। हचुवाका भरमा शिक्षा नीति निर्माण हुनु, यसले समाजमा पार्न सक्ने प्रभावबारे अध्ययन नुनुलगायतका कारण यस्तो समस्या निम्तिएको बताउँदै उनले आफ्नो विभागमा भर्ना हुने विद्यार्थी विगतको वर्षको तुलनामा केही कम भए पनि जनसङ्ख्या विषय पढेका विद्यार्थी बेरोजगार भने बस्न नपरेको बताए।

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०७:५०
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना