२०८३ साउन १३ गते बुधबार

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १८
upchar

झापा- मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन्। ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उनी कोठाबाट बाहिर निस्किइन्। कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण ग¥यो। सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुइँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।

‘आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ,’ सङ्गीताले २ साताअघिको घटनाबारे जानकारी दिँदै भनिन्, ‘सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो।’

हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन्। आफ्नो जग्गा नभएका उनीहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आएका छन्। टिनले छाएको भुइँतले २ कोठाको घर छ। मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्दैनन्। सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहेकी छन्।

‘आँखा नदेख्ने भएकाले मैले उहाँ (मेघनाथ) लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ,’ सङ्गीताले भनिन्, ‘हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो।’

धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन्। सङ्गीताको कम्मर र मेरुदण्डमा असर परेको छ भने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन्। मेघनाथको खुट्टामा भित्री चोट छ।

अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको ५ सय मात्र थियो सङ्गीताका साथमा। गाउँलेसँग २६ हजार सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उनले बताइन्। अस्पतालमा लामो बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उनीहरु घरमै आएर ओछ्यान परेका छन्। हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको सङ्गीताको भनाइ छ।

निरौला दम्पती जस्तै हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन्। उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन्।

मेचीनगर–२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो। उनको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो। डेढ महिना विर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार गराएपछि ह्विलचियरमा बस्न सक्ने भएका उनी हालै अस्पतालबाट घर फर्किएका हुन्।

उनको उपचारमा २२ लाख खर्च भएको छ। एककोठे सानो झुपडीमा बस्दै आएका उनीसँग उपचार खर्च व्यहोर्ने सामर्थ्य थिएन। २ भाइले विदेशमा कमाएर घर बनाउने भनेर ल्याएको रकम उनको उपचारमा खर्च गरिएको छिमेकी कल्याण काफ्लेले बताए। ‘गाउँमा तीन लाख जति चन्दा उठ्यो,’ काफ्लेले भने, ‘वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका भाइले ल्याएको सबै रकम लगाउँदा पनि नपुगेपछि आफन्त र छिमेकीहरुबाट ठूलो रकम ऋण लिइएको छ।’

विदेशमा कमाएको सबै सम्पत्ति दाजुको उपचारमा खर्चिएका भाइहरुको पनि बिचल्ली भएको उनले बताए। कुनै पनि सरकारी कोषबाट उनले हालसम्म उपचार सहयोग पाएका छैनन्।

विगत दुई महिनामा झापामा हात्तीको आक्रमणमा चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए। सरकारले वन्यजन्तुको आक्रमणमा मृत्यु भएकालाई १० लाख दिने र घाइते भएमा अवस्था हेरेर २० हजारदेखि दुई लाखसम्म उपचार खर्च व्यहोर्ने गरेको छ। घाइतेको उपचार खर्च पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियम छ भने अस्पतालको बिल भरपाईसहित निवेदन दिएको लामो समयपछि मात्र उपचार रकम पीडितले पाउने गरेका छन्।

हात्तीले आक्रमण गरेको ३५ दिनभित्र पीडितले डिभिजन वन कार्यालयमा उपचारको बिलसहित निवेदन दिइसक्नुपर्ने राईले बताए। बालीको क्षति पनि सरकारले व्यहोर्ने गरेको छ। सरकारले ढिलो र झन्झटिलो प्रक्रियाबाट रकम उपलब्ध गराउने भएकाले विपन्न परिवारका पीडितले बेलैमा उपचार नपाउने अवस्था आएको हात्तीपीडित मेचीनगर–२ का कल्याण काफ्ले बताउँछन्। स्थानीय पालिकाबाटै छिटोछरितो तरिकाले हात्तीपीडितलाई उपचार सहयोग पुर्याउन राहत कोष वितरणको व्यवस्था हुनुपर्ने उनको धारणा छ।

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०८:५९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना