काठमाडौँ– न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
बुधबार बसेको परिषद बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्त गरेको हो।
उच्चको न्यायाधीश हुनेमा २६ जना जिल्ला न्यायाधीश, ४ जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो।
परिषदले उच्चका १६ न्यायाधीशको सरुवा पनि गरेको छ।


