काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा भागेका छन्। बुधबार अदालत परिसरबाट ती थुनुवा भागेका हुन्।
जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित भागेको बताए।
उनलाई लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
