काठमाडौँ- गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ।
मन्त्रालयको आन्तरिक प्रशासन महाशाखाका श्रेष्ठलाई सीडीओ बनाएर पठाइएको हो।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनाललाई पठाइएको छ।
शुक्रबार गृह मन्त्रालयले उक्त निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।
बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखलाई फिर्ता गरिएको थियो।
एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको थियो।


