काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीसहित माइतीघर मण्डलबाट पक्राउ परेका ९ जना रिहा भएका छन्।
विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले दिउँसो १२ बजे नियन्त्रणमा लिएको थियो।
सिंहदरवार प्रहरी वृत्तमा राखिएका डा केसी, पुकार बम, शशिविक्रम कार्की, प्रेम चलाउने, डा हरिचन्द्र कमली, लेनिन,भिक्षु विनोद कार्कीलगायतलाई प्रहरीले अधिवक्ता ओमप्रकाश अर्यालको रोहवरमा हिरासतमुक्त गरेको हो।
अन्य आठ जनाले रिहाई कागतमा सही गरे पनि डाक्टर केसीले आफूलाई पक्राउ पुर्जी बिना पक्राउ गरिएकोले पक्राउ पुर्जी पाएपछि मात्र रिहाई कागतमा सही गर्ने अडान राखेर सही गर्न मानेनन्।
पक्राउ परेका अधिकांश आन्दोलनकारीलाई प्रहरीको अत्याधिक बल प्रयोगको कारण चोटपटक लागेको छ। डाक्टर केसीको पनि हातमा चोट लागेको छ। प्राय सबैको लुगा च्यातिएको छ।


