२०८३ कार्तिक २३ गते आईतबार

बरहथवामा प्रहरीको गोलीले मृत्यु भएका साहको परिवारलाई १० लाख दिने निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
home

काठमाडौं- गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ। मन्त्रालयले सो घटनाका विषयमा छानबिन गर्न ३ सदस्यीय समितिसमेत गठन गरेको छ।

मन्त्रालयले शनिबार सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छानबिन समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बरहथवा घटना सम्बन्धमा सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको जानकारी दिएका छन्। ‘उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ (सात) दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयको मिति २०८०/०९/२१ गतेको निर्णयानुसार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

यस्तै नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको पनि विज्ञप्तिमार्फत जनाएका छन्।

अस्पताल स्तरोन्नति गर्ने-नगर्ने विषयमा शुक्रबार भएको छलफल उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर साहको मृत्यु भएको थियो। उक्त स्थानमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म कर्फ्यु आदेश जारी गरिएको थियो। अहिले त्यस क्षेत्रमा निषेधाज्ञा जारी छ।

प्रकाशित: २०८० पुस २१ गते शनिवार ०८:५८
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

सुर्खेत: कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ। कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना