काठमाडौँ– सत्तामा साझेदारी गरिरहेको जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ।
सत्ता गठबन्धनमा रहेर पनि जनमत पार्टीबाट अन्यतर्फ रामशंकर महासेठको उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीका नेता कार्यकर्तासहित आएका जनकपुरस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा उनले उम्मेदवारी दिए।
स्वतन्त्र मधेस गठबन्धनबेला उनी धनुषा जिल्ला इन्चार्ज थिए।
व्यावसायिक पृष्ठभूमिबाट आएर उनी राजनीतिमा होमिएका थिए। अन्य क्लस्टरतर्फ उम्मेदवारी दिएपनि जनमतले महिलातर्फ भने उम्मेदवारी दिएको छैन।
मधेस प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगानाले उम्मेदवारी दिएका छन्।
नेकपा एमालेले अन्यमा विजेता झालाई उम्मेदवार बनाएको छ।
यस्तै लुम्बिनी प्रदेशमा जनमतका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।


