काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेसँगै फोहोर उठ्न छाडेको छ।
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्ती खाली गर्न डोजर लिएर पुगेका बालेनलाई संघीय सरकारले असहयोग गरेको भन्दै मेयर साहले उक्त घोषणा गरेसँगै सिंहदरवारको फोहोर उठ्न छोडेको हो।
संघीय सरकारले भने महानगरले सुकुम्बासी बस्तीमाथि बल प्रयोग गर्नुपर्ने तथ्य पुष्टि नहुने भन्दै बल प्रयोग गर्न सहयोग गरेको थिएन।








