काठमाडौँ- नेपाल क्लिक्स डटकमका प्रधानसम्पादक नारायण अमृतलाई मातृशोक परेको छ। प्रधानसम्पादक अमृतकी ९२ वर्षीया आमा लक्ष्मी तिवारीको बुधबार उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो।
दिवंगत तिवारीको अन्त्येष्टि बिहीबार पर्वतको मोदीवेणीमा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ।
अमृत हाल होमपेज मिडिया प्रालिका अध्यक्षसमेत छन्। दुई दशकभन्दा बढी समयदेखि मूलधारको पत्रकारितामा सक्रिय अमृतले नेपाल खबर डटकम, नेपाल लाइभ डटकम, नेपाल समय डटकममा प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका थिए।
त्यसअघि उनले देशान्तर साप्ताहिक, राजधानी दैनिक, नयाँ पत्रिका, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागजिन, अन्नपूर्ण पोस्टलगायतमा विभिन्न भूमिकामा रहेर काम गरेका थिए।



