काठमाडौँ- नेपालबाट पश्चिमी वायुको आंशिक प्रभाव हटेका कारण हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका अधिकांश भूभागलाई हुस्सु र कुहिरोले ढाकेको छ।
बिहीबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ।
त्यसैगरी शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति सुदुरपश्चिम र प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ।
