काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ।
महँगी, भ्रष्टाचार, गिरफ्तारी, राष्ट्रघाती सन्धिसम्झौताविरुद्ध उक्त पार्टीले बिहीबार शान्तिवाटिकामा प्रचण्डको पुत्ला दहन गरेको हो।
शान्तिवाटिकामा प्रचण्डको पुत्लादहन गरेर प्रदर्शन गर्दै इन्द्रचोक पुगेका उक्त पार्टीका कार्यकर्ताले त्यहाँ संसदीय मुख्यालय लेखेको पुत्ला जलाएका थिए।











