काठमाडौँ- शिव सेना नेपालले पृथ्वीनारायण शाहको शालिकमा १०८ किलोको माला लगाइदिएको छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि माल्यार्पण गरिएको र यसपालि १०८ किलोको माला पृथ्वीको शालिकमा लगाइएको शिव सेना नेपालका गुरु खगेन्द्र पोख्रेलले जानकारी दिए।
यस्तै पृथ्वीजयन्तीका अवसरमा राप्रपाले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भृकुटीमण्डपबाट सिंहदरबार अगाडि पुगेर राप्रपाले माल्यार्पण गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका थिए।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि पृथ्वीको सालिकमा माल्यार्पण गरेका थिए।
शिवसेनाको माल्यार्पण














राप्रापाको माल्यार्पण












राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण [फोटो फिचर]


