टीकापुर- नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई निर्विरोध निर्वाचित भएका छन्।
पार्टीको अध्यक्ष बन्नका लागि चौधरीको मात्र उम्मेदवारी परेपछि चौधरी अध्यक्षमा निर्विरोध भएका हुन्।
महाधिवेशनले चौधरीलाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन अधिकृत गीता चौधरीले जानकारी दिइन्।
टीकापुरमा ९ जनाको हत्या अभियोगमा चौधरीको दोषी ठहर भएका व्यक्ति हुन्।
राष्ट्रपतिले उनको सजाय माफीमिनाहा गरेपछि चौधरी कैदमुक्त भएका थिए।


