दाङ- दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहक बस खस्दा ५ जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राती करिब साढे १० बजेतिर राप्ती नदीमा खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका २५ जनाभन्दा बढीलाई उद्धार गरी उपचारका लागि भालुवाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी तथा स्थानीय उद्धारका लागि खटिएका छन्। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।


