काठमाडौं- न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन्। उनले आइतबार सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्।
ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानन्यायाधीश सर्वोच्च छिरेलगत्तै उनी प्रहरीको आँखा छलेर अदालत परिसरमा प्रवेश गरेकी थिइन्।
भित्र परेर उनले जर्किनबाट शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो लगाउने प्रयसा गरेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ। उनले यसअघि श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन्।


