काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार देखि आचार संहिता जारी गर्ने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।
आचार संहिता जारी भएपछि कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नपाइने आयोगले जनाएको छ। यस्तै सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन।
आयोगका अनुसार आचार संहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाएको छ। राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।
