काठमाडौँ- नुवाकोटको तारुकामा माघेसंक्रान्तिको अवसरमा गोरु जुधाइएको छ। १७ हल गोरु जुधाइएको मेला हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक नुवाकोट पुगेका थिए।
तारुकाबाहेक विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल वेत्रावती, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडा, लिखु गाउँपाकिाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे, शिवपुरीको गैरीफाँटमा पनि बुधबार गोरु जुधाइएको थियो।
नुवाकोटबाहेक धादिङका विभिन्न स्थानमा पनि माघेसंक्रान्तिका अवसरमा गोरु जुधाउने गरिन्छ।










]




