जनकपुरधाम- भंगहा-जयनगर रेलभित्रै लडेर एक जना यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित छन्।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार मंगलबार बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए।
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए।


