काठमाडौँ- सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थान महानिर्देशकमा सानीभेरी गाउँपालिका-६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन्।
‘अर्थ मन्त्रालयको प्रस्तावमा रिक्त रहेको नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पवनकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ,’ शर्माले भनिन्।
