२०८३ कार्तिक २३ गते आईतबार

जुजुधौ, सुन्तला, सक्खरको आधिकारिकता लागि प्रक्रिया सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ६
krishi tatha pashupanchhi

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको छ। कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले त्यो प्रक्रिया सुरु गरिसकेको छ।

सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ। कृषि मन्त्रालयले त्यसलाई अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ। यता जुजुधौ र सक्खरमा एकाधिकारका लागि पनि भौगोलिक सङ्केत लिनका लागि प्रक्रिया सुरु भएको जिन बैङ्कका अधिकारी आरपी मैनालीले बताए।

जुजुधौ र सक्खर नेपालीको आधिकारिक खाद्यवस्तु हो, त्यसको भौगोलिक सङ्केत (जिआई ट्याग) लिई हाल्नुपर्ने भनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा प्रस्ताव गरिसकेको बताउँदै उनले नार्कमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि बजेट पनि दिइसकेको बताए।

यसको अध्ययनका लागि छिट्टै नै विज्ञ समूह तयार गर्ने बताउँदै उनले छिटो गरिएन भने अरूले देशले यसको आधिकारिता लैजाने सम्भावना रहेको बताए। गुन्द्रुक नेपालको आधिकारिक हो, यसका आफ्नै इतिहास छ भन्दै अध्ययन गरी भौगोलिक सङ्केतका लागि प्रयास गरिरहँदा अमेरिकाले लिइसकेको जिन बैङ्कले जनाएको छ।

त्यस्तै बासमती धानको नेपालको हो, यसको इतिहास हेर्ने हो भने उत्पत्ति नै नेपालबाट भएको हो। नेपालमा यसको इतिहास २५ सय वर्ष पुरानो रहेको छ तर त्यसमा नेपालको पहल नपुगेका कारण भारतले यसको आधिकारिकता लगेको अधिकारी मैनालीले बताए।

भौगोलिक सङ्केत लिनका लागि नेपालमा निश्चित नीति छैन। यसको प्रक्रिया पूरा गर्दागर्दै अरू देशले लिएर जाने गरेको जिन बैङ्कको गुनासो छ। नेपालमा धेरै यस्ता वस्तु छन् जसमा नेपालको एकाधिकार तर सरकारले त्यसमा चासो नदिएका कारण गुम्ने खतरा रहेको नार्कका अधिकारीहरू बताउँछन्। जुम्ली थाली, गुज्मुजे रायो, पोखरेली बदाम, जुम्ली मार्सी, फर्पिङ नासपाती, तोम्बा, जुम्ली सिमी, अकबरे खुर्सानी, कुभिन्डे फर्सी, मनकामना सुन्तला, इलामको चिया, गाँजा, मुढे आलुलगायतको पनि भौगोलिक सङ्केत लिइहाल्नु नार्कका अधिकारीहरूले सुझाव दिएका छन्।

प्रकाशित: २०८० माघ ६ गते शनिवार ०७:३८
प्रतिक्रिया

थप समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना