२०८३ साउन १३ गते बुधबार

पाँचथर अस्पताल : दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ६
pas
पाँचथर- पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन्।
कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो। पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। तर स्तरोन्नतिअनुसार आवश्यक जनशक्तिको दरबन्दी प्रदेश सरकारले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन्। विगतमा १५ श्ययामा सञ्चालित अस्पतालको स्वीकृत ३२ जना जनशक्तिको दरबन्दीमा अहिले १७ जना कर्मचारीको पद रिक्त रहेको छ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वुद्धिबहादुर थापाका अनुसार प्रशासनिक संरचना बदलिँदा प्रदेश सरकार मातहत सञ्चालनमा रहेको अस्पतालका लागि आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह गुणस्तरीय बन्न सकेको छैन। २०४५ मा स्थापित जिल्ला अस्पतालमा ०६९ मा संशोधित व्यवस्थाअनुसार ३२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी छ। जसमध्ये हाल १७ पद रिक्त छ। तर अस्पतालले दरबन्दी करारमा १४ जना, प्रदेश करारमा १० जना, छात्रवृत्ति करारमा छ जना, कार्यक्रम करारमा १० जना, स्वास्थ्यकर्मी करारमा तीन जना र अस्पताल विकास समिति करारमा ३१ जना कर्मचारी नियुक्त गरी ५० श्ययाको सेवा दिँदै आएको छ।
स्तरोन्नतिअनुसार दरबन्दी र जनशक्ति नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाको भनाइ छ। दरबन्दी सिर्जनाका लागि प्रदेश सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै गर्न सकेको छैन। कोशी प्रदेश सरकारले मातहतका निकायहरुका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य नै नथालेको स्वास्थ्यकर्मी बताउँछन्।
जनशक्ति अभावकै कारण विशेषज्ञ सेवा सञ्चालन, उपलब्ध भएका भेन्टिलेटर र सघन उपचार कक्ष (आइसियु)को सञ्चालन समेत हुन नसकेको डा थापाले जानकारी दिए। पाँचथरसहित छिमेकका तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीलाई नियमित सेवा दिइरहेको जिल्ला अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापनका यहाँका सरोकारवालाले निरन्तर पहल गरे पनि सार्थक हुन सकेको छैन।
गत आर्थिक वर्ष २०७९/०८० मा यस अस्पतालमा आएका सेवाग्राहीको तथ्याङ्कले पनि यस अस्पतालको सुधार अपरिहार्य रहेको देखाउँछ। गत आवमा आकस्मिक सेवाबाट २९ हजार नौ सय ४२ जना, बहिरङ्ग सेवाबाट ७२ हजार एक सय ९५ जना, अन्तरङ्ग सेवाबाट तीन हजार तीन सय १० जना, आमा सुरक्षा कार्यक्रम सेवाबाट एक हजार एक सय २१ जना लाभान्वित भएको अस्पतालको तथ्याङ्क छ।
यस्तै सुरक्षित गर्भपतन सेवाबाट छ सय ८६ जना, नवजात शिशु विशेष उपचार सेवाबाट ५८ जना, शल्यक्रिया सेवाबाट दुई हजार १७ जना, रेडियोलोजी सेवाबाट २१ हजार छ सय ६५ जना, ल्याब सेवाबाट १८ हजार ४२ जना, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सेवाबाट ५५ जना, सामाजिक सेवा एकाइबाट एक हजार छ सय ७० जना, मेडिको लिगल सेवाबाट दुई सय ३४ जना, हेमोडायलाइसिस सेवाबाट चार जना सेवाग्राही लाभान्वित भएका छन्।
गत वैशाखदेखि सञ्चालनमा आएको अस्पतालको नयाँ भवन सेवा प्रवाहमा भौतिक क्षेत्रमा भने केही सहज बनाएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाको भनाइ छ। सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट तथा सहरी विकास तथा भवन निर्माण विभागबाट ५० श्यया सञ्चालनका लागि २१ करोड ३४ लाख एक हजार नौ सय ८२ को लागतमा नयाँ भवन निर्माण भएको हो। २०७४ कात्तिक १६ गतेदेखि निर्माण सुरु भएको भवन गत वर्षको चैत २२ गते अस्पताल विकास समितिलाई हस्तान्तरण गरिएको थियो।
सेवा प्रवाहको क्षेत्र ठूलो रहेको अस्पतालमा दरबन्दी र जनशक्ति अभाव, कर्मचारी आवासको उपयुक्त व्यवस्था नहुनु, समयसापेक्ष तालिमको अभाव, अस्पतालको घेराबारा हुन नसक्नु, अस्पतालमा प¥याप्त एम्बुलेन्स अभावजस्ता समस्या रहेको मेडिकल सुपरिटेण्डेण्ट डा थापाले बताए।
प्रकाशित: २०८० माघ ६ गते शनिवार ०७:४७
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना