बनेपा– काभ्रेको बनेपामा सडेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ।
बनेपा नगरपालिका-११ शारदादेवी सामुदायिक वनमा पहिचान नखुलेको अन्दाजी ४०/४५ वर्षजस्तो देखिने पुरुषको शव सडेको अवस्थामा भेटिएको हो।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार वनमा घाँस काट्न जाँदा स्थानीयहरू महिलाहरूले शव फेला पारेका थिए।
कोल्टे परेको अवस्थामा शव देखेपछि महिलाहरूले प्रहरीलाई खबर गरेका थिए। मुचुल्कापछि शवलाई पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको बताइएको छ।
