काठमाडौँ- ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल सङ्घ सङ्गको आवद्वतामा नेपालमै पहिलोपटक अल ब्रिड प्रतियोगिता डग शोको आयोजना गरेको छ।
नेपालमै पहिलो पटक डबल रिङ्ग तरिकाले अन्ताराष्ट्रिय निर्णायक झिकाएर प्रतियोगिता गरिएको केनल क्लब नेपालले जानकारी दिएको छ।
डग शोमा काठमाडौंमा रहेका विभिन्न केनल क्लबलगायत घरमा पालिरहेको कुकुरहरुको प्रतियोगिता गरिएको छ।














