बैतडी- कान्छीमाया तामाङ फाउन्डेसनले देशका न्यानो लुगा वितरण गरिरहेको छ। दातृ निकायको साजेदारीमा वृद्धवृद्धा र बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो।
बैतडीका ५ वटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसन नेपालले न्यानो लुगा वितरण गरेको छ।
‘ज्येष्ठ नागरिकहरुलाई सम्मान, विद्यार्थीहरुलाई प्रोत्साहन’ भन्ने अभियानका साथ बोधीसत्व विहारको आर्थिक सहयोग र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा न्यानो लुगा वितरण गरिएको हो।
बैतडीको सिगास गाउँपालिकाका–१ स्थित भुमिराज स्वामी आधारभूत विद्यालय, वडा नं २ को कैलपाल आधारभूत विद्यालय, पाटन नगरपालिका–१० को सरस्वती मावि र ब्रहम आधारभूत विद्यालय तथा सुर्नया गाउँपालिका–३को बाशुदेव आधारभूत विद्यालयमा अध्यायनरत बालबालिका र सेवा क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई न्यानो लुगा स्वीटर र ज्याकेट वितरण गरिएको हो।
बैतडीमा ३७४ बालबालिका र १८६ ज्येष्ठ नागरिकहरुलाई ज्योकट तथा स्वीटर वितरण गरिएको हो। चिसो मौसममा न्यानो लुगा पाउदा बालबालिका र वृद्धवृद्धा खुसी छन्।
फाउन्डेसनका संस्थापक डा दिल बहादुर तामाङका अनुसार संस्थाले दलित, असहाय, गरिब जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई पढाउने काम पनि गरिरहेको छ।
यसैगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ। यस वर्षको हिउँदमा बैतडी सहितबिभिन्न जिल्लामा न्यानो लुगा वितरण गरिएको छ।
काभ्रेबाट सुरु गरिएका न्यानो लुगा वितरण कार्यक्रम हुम्ला, रामेछाप, सर्लाही लगायतका क्षेत्रमा गरिसकिएको छ। २०७२ सालको भुकम्पमा पनि सरकारलाई १२ लाख आर्थिक सहयोग गरेको फाउन्डेसनले कोरोनाकालमा पनि देशका विभिन्न ठाउँमा स्वास्थ्य चेकजाच कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको थियो।
यसैगरी गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी प्रभावित नागरिकहरुलाई पनि राहातका कार्यक्रम गर्दै आएको संस्थापक डा. दिल बहादुर तामाङले बताए।
डा. दिल बहादुर तामाङ एमबिबिएस अध्यायनका क्रममा सडक दुर्घटनामा परी आमा कान्छीमाया तामाङको निधन भएपछि, डा. दिल बहादुर तामाङले उनको नामबाट फाउन्डेसन स्थापना गर्दै समाजिक परोपकारको काम गर्दै आएका छन्। करिब ११० जनालाई यस फाउन्डेसनले अध्ययन गराइरहेको छ।
यसैगरी नशुल्क स्वास्थ्य उपचारको लागि भन्दै अस्पताल निर्माण गरिरहेको छ। केही स्थानीय तहहरुलाई एम्बुलेन्स पनि उपलब्ध गराइसकेको छ।


