रामपुर (पाल्पा)- पाल्पाको रम्भा गाउँपालिका-१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति १ युवकको मृत्यु भएको छ।
मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए।
मोटरसाइकल सडकदेखि करिब २ सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २०८० माघ ८ गते सोमबार ०९:५२