२०८३ कार्तिक १३ गते बिहिबार

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न, सेलिब्रेटीको लर्को

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ८
rammandir

भारतको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  मन्दिरको प्राणप्रतिष्ठा गरेका हुन्।

भारतीय समयअनुसार सोमबार दिउँसो १२ बजेर २९ मिनेटको शुभसाइतमा मन्दिरको प्राणप्रतिष्ठाको मुख्य पूजा सुरु भएको थयो।

प्राण प्रतिष्ठा कार्यक्रमपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जहाँ राम मन्दिर बनाउने भनिएको हो त्यहीँ बनाइएको बताए। आफूलाई खुशी लागेको बताउँदै उनले भने, ‘५ सय वर्षपछि मनमा यस्तो भावना आइरहेको छ कि जुन कुरा व्यक्त गर्न शब्द नै मिलिरहेको छैन। निश्चित रूपमा तपाईंहरूलाई पनि यस्तै महसुस भइरहेको होला।’

मोदी राम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमका मुख्य यजमान थिए।

मोदीका साथै योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत, युपीका राज्यपाल आनन्दी बेन पटेललगायतका कार्यक्रममा सहभागी थिए।

प्राणप्रतिष्ठा भइरहेको समयमा भारतीय वायुसेनाको हेलीकोप्टरले पुष्पवृष्टि गराएको थियो।

कार्यक्रममा देशभरका सयौँ हस्तीहरूलाई बोलाइएको थियो।

अमिताभ बच्चन, रजनिकान्त, सचिन तेन्दुलकर, मुकेश अंबानी, नीता अंबानीलगायतका सेलिब्रेटीहरू कार्यक्रममा पुगेका थिए।

कार्यक्रममा हजारौँ सहभागी भएको त्यहाँका मिडिया रिपोर्टले उल्लेख गरेका छन्।

सोनू निगम, अनुराधा पौड्याल, शंकर महादेवनलगायतका कलाकारले रामभजन गाएर कार्यक्रम शुरु गरेका थिए। यसपछि श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरसँग जोडिएका कैयौँ विषयमा जानकारी गराएका थिए।

राम मन्दिरमा बनाइएको रामको मूर्ति बनाउन कर्नाटकबाट ल्याइएको हो। मैसूरका अरुण योगीराजले रामको प्रतीमा बनाएका हुन्।

उद्योगपति मुकेश अम्बानीले राम मन्दिरको प्राणप्रतिष्ठा गरीएको दिन पुरै देशमा उत्सवमय भएको बताए। नीताका अनुसार यो दिन ऐतिहासिक हो।

सायना नेहवालले भारतीयका लागि यो विषय गर्वको विषय भएको बताइन्। आफूलाई कार्यक्रममा बोलाइएकोमा उनले कृतज्ञता व्यक्त गरिन्।

विवेक ओबरायले कार्यक्रमको माहोल जादुमय भएको उल्लेख गरे।

यूपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवले पनि कार्यक्रमप्रति खुशी व्यक्त गरे।

कार्यक्रममा भारतीय सेलिब्रेटीहरू कंगना रनौत, संघ प्रमुख मोहन भागवत, नीता अंबानी, मुकेश अंबानी, सचिन तेंदुलकर, उमा भारतीलाई पनि बोलाइएको थियो।

यस्तै एक्टर पवन कल्याण, निर्देशक सुभाष घई, एक्टर चिरंजीवी, कैलाश सत्यार्थी, अनू मलिक, रणबीर कपूर, आलिया भट्ट, विक्की कौशल, कटरीना कैफ, जैकी श्राफलाई पनि कार्यक्रममा बोलाइएको थियो।

यस्तै योगगुरु रामदेव, धीरेंद्र शास्त्री, अनिल कुंबले, अनुपम खेर, अभिनेत्री कंगना रनौत, विवेक ओबरय र बैडमिंटन खिलाड़ी सायना नेहवाललगायतका सेलिब्रेटीहरू उपस्थित थिए।

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए।

राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउन माग गर्दै आएका थिए। सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो।

सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राणप्रतिष्ठा गर्न नहुने महन्थहरूले बताउँदै आएका थिए।

मन्दिर बनिसक्न अझै एक वर्ष लाग्ने अनुमान गरिएको छ। प्राणप्रतिष्ठाका बेला भारतभर सार्वजनिक बिदा दिइएको छ।

प्रकाशित: २०८० माघ ८ गते सोमबार ०२:४२
प्रतिक्रिया

थप समाचार

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना