काठमाडौँ- पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्रीका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।
कम्पनीलेे प्रतिसेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर बिक्री गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौतामा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ।


