कास्की- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा–रारा पोखरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा बुधबार सम्पन्न खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलको २७औँ मिनेटमा आर्मीका लागि भरत खवासले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। पेनाल्टीबक्समा खवासले हेड गर्दै गोल गरेका थिए। निर्णायक गोल गरेका खवास ‘प्लेयर अफ दी म्याच’ घोषित भए। उनले १० हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा बिहीबार मच्छिन्द्र क्लब र जावलाखेलबीच खेल हुनेछ। यही माघ ९ गतेदेखी सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ। प्रतियोगिताको विजेताले १२ लाख एक हजार तथा उपविजेताले छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ।


