२०८३ कार्तिक २३ गते आईतबार

चौरासीपूजा गर्न राखेको ३ लाख ६५ हजार राष्ट्रिय आविष्कार केन्द्रलाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
rastriya_abiskar

चितवन-  चितवनका एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन्।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च आविस्कार केन्द्रलाई सहयोग गरेका हुन्।

पौडेलले ३ लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरे।

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पौडेल परिवारले एक औपचारिक कार्यक्रम गरेको थियो। तामझाम र रूढिवादी संस्कृतिबाट टाढा हुनुपर्ने सन्देशसहित ८४ पूजाको खर्च केन्द्रलाई हस्तान्तरण गरिएको हो।

पौडेलले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताए।

लेखक खगेन्द्र सङ्ग्रौलाले समय क्रमसँगै संस्कृतिप्रति सबै कालखण्डमा विश्वास नरहन सक्ने बताए।

धर्म र संस्कृतिका नाममा परम्परादेखि चलिआएको अन्धविश्वास, विभेद, खर्चिलोपन, ढोङ, पाखण्डलाई मान्नुपर्छ भन्ने आवश्यकता नभएको बताउँछन्।

पौडेलका ज्वाइँ प्रेम रिमालले संस्कृतिलाई पच्छ्याउने नाममा पछौटेपनलाई अङ्गाल्न नहुने भन्दै तडकभडक छाडेर यो कार्यक्रमको आयोजना गरिएको बताए।

राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्नेगरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको  बताए। यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उनको भनाइ थियो।

पौडेल परिवारले कार्यक्रममा आउनेलाई दक्षिणा, भेटी नल्याउन आग्रह गरेको थियो। कार्यक्रमस्थलमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न दानपेटिका राखिएको थियो।

त्यसमा सङ्कलन भएको रकम पनि सबै केन्द्रलाई प्रदान गरिएको थियो। सो अवसरमा पूर्वमन्त्री विक्रम पाण्डे, नेकपा एमालेका नेता विजय सुवेदी, नेकपा माओवादीका नेता रामचन्द्र अधिकारी, बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा, साहित्यकारहरु डिआर पोख्रेल, इन्द्रप्रसाद रेग्मीलगायतले पौडेल दम्पतीलाई शुभकामना दिएका थिए।

पौडेलका छोरा सुदर्शन र बुहारी गायत्री पौडेलले चौरासी पूजाका अवसरमा बुबाआमालाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे।

प्रकाशित: २०८० माघ १२ गते शुक्रबार ०३:३५
प्रतिक्रिया

थप समाचार

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन्। यस...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना