चितवन- मोरङमा भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानास्थित आइसोलेसनमा राखिएको छ।
समुद्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाइमा पाइने भनिएको हिउँचितुवा मंगलबार दिउँसो समुद्री सतहबाट करिब १५० मिटर उचाइको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको थियो।
खुट्टामा चोट लागेको भाले हिउँचितुवालाई उपचारका लागि सदर चिडियाखाना ल्याइएको हो। अहिले हिउँचितुवालाई आइसोलेसनमा राखिएको हो।
हिउँचितुवा तराईमा पाइएको विषयमा वन्यजन्तुविदहरूले पनि आश्चर्य प्रकट गरेका छन्।















