२०८३ साउन १३ गते बुधबार

‘प्लाष्टिक दिनुहोस्, सुन लिएर जानुस्’

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत २९
plastic

काश्मीर– दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन्।

‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुई हजार किलो) प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैलाई १० ग्राम सुनको सिक्का दिने घोषणा गरेका छन्।

अनन्तनाग जिल्लाको हिलर शाहाबाद क्षेत्रको विकट गाउँ पञ्चायत सदिवाराका प्रमुख गनाईले गाउँका मानिसलाई प्लाष्टिकजन्य फोहोरलाई खोलानाला र सडकमा फाल्नुको सट्टा जम्मा गर्न उत्प्रेरित गर्दै पुरस्कारको रूपमा सुनको सिक्का दिने घोषणा गरेका हुन्।

प्लाष्टिक प्रदुषण न्यूनीकरणका लागि जनचेतना र मानसिकता परिवर्तन गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ। सुनको सिक्का दिने योजना सार्वजनिक गर्नुअघि गनाईले जिल्लाका उप आयुक्त डा बशारत कयुमसँग यससम्बन्धमा विचारविमर्श गरेका थिए। उनले पनि त्यसको प्रशंसा गर्दै त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि ग्रामीण विकास विभागद्वारा आयोजित एक कार्यक्रमका बीच गत जनवरी ७ देखि ‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ अभियान औपचारिक रूपमा सुरु भएको हो।

अभियान सुरु भएदेखि नै गनाईले यस क्षेत्रलाई सामूहिक र व्यक्तिगत रूपमा सरसफाइमा युवा क्लब, स्थानीय निकायका सदस्य, ज्येष्ठ नागरिक, सिँचाइ विभागका कर्मचारीलगायत कम्तीमा ३० स्वयंसेवकहरू संलग्न गराएका छन्। अभियानले सडक सफाइमा मात्र नभई त्यस क्षेत्रका खोलानालाको सफाइमा पनि केन्द्रित गरेको छ। फोहर प्लाष्टिक सङ्कलन गर्न सङ्कलन स्थलहरू स्थापना गरेर त्यसलाई पुनः प्रयोग गर्ने प्रयास भइरहेको छ।

अधिवक्ता गनाईको प्रयासलाई वातावरणविद्हरूले व्यापक रूपमा प्रशंसा गरेका छन्। उनीहरूले प्लाष्टिकजन्य फोहोर सङ्कलन गर्न पुरस्कार प्रणाली सिर्जना गर्दा प्रदूषण कम गर्न प्रभावकारी हुने बताएका छन्। अभियानले लोकप्रियता पाएको छ, सबैले त्यसको प्रशंसा गरेका छन् भने अन्य पञ्चायतहरूले पनि त्यसलाई अपनाएका छन्।

सदिवारा क्षेत्रका स्थानीयहरू पनि स्वेच्छिक रूपमा अभियानमा संलग्न भएका छन्। यहाँ अझ रोचक पक्ष के छ भने वातावरण मैत्री समाज निर्माणको पहलमा लागेका गनाईले फोहोर व्यवस्थापनका लागि नवीन विचार प्रस्तुत गर्दै आएका उनले प्रयोग गरिएको ‘डाइपर’लाई कृषि क्षेत्रमा प्रयोग गरेर देखाएका छन्।

सदिवारा क्षेत्रका सडक, गल्ली, खोला प्लाष्टिकमुक्त भएकाले अभियानको सकारात्मक प्रभाव देखिन थालेको छ। गनाईको प्रयासले स्थानीय जनतामा प्लाष्टिकका हानिकारक असरहरूबारे चेतना जगाएको छ। उनले यो अभियानलाई भारतका सम्पूर्ण भूभाग समेट्न कश्मीरदेखि कन्याकुमारीसम्म पुर्‍याउने योजना बनाएका छन्। सबै गाउँका लागि उदाहरण बनेको उनको अभियानलाई केन्द्र सरकारले पनि अघि बढाउने योजना बनाएको बताइएको छ।

प्रकाशित: २०७९ चैत २९ गते बुधबार ०२:१३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

एल निनो तीव्र बन्दै, चरम खडेरी र मौसमी जोखिम बढ्ने

डब्लुएमओको मासिक विश्व मौसमी जलवायु अद्यावधिकअनुसार एल निनो अवस्था अहिले नै सुरु भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो ‘बलियो’ स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ।

जहाजको ल्यान्डिङ गियरमा लुकेर १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगे

नयाँ दिल्ली –एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्। आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ। अफगानिस्तानको काम एयरलाइन्सको...

के अमर हुनु सम्भव छ ?

एजेन्सी। के अंग प्रत्यारोपणमार्फत अमर हुन सकिन्छ? यो रोचक विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता बेइजिङमा चीनको सैन्य परेडको क्रममा भएको थियो। पुटिनले...

जेल बसेर रेकर्ड बनाएका व्यक्तिलाई १४ लाख डलर पुरस्कार!

टोकियो- हत्याको गलत आरोपमा दोषी ठहरिएर मृत्युदण्डको सजाय पाएका व्यक्ति जापानमा पुरस्कृत (क्षतिपूर्ति) भएका छन्। मृत्युदण्डको सजाय पाएर विश्वमा सबैभन्दा लामो समयसम्म जेल बसेका एक जापानी पुरुषलाई...

पोर्न फिल्म हेर्ने गरेको भन्दै १४ वर्षीय छोरालाई विष खुवाएर बुवाले गरे हत्या

काठमाडौं- १४ वर्षीया छोरालाई मारेको अभियोगमा भारतको महाराष्ट्रस्थित सोलापुर प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीको आरोप छ। मोबाइल फोनमा...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना