चितवन- हिमाली भेगमा हिउँ पर्ने मौसम छ। पहाड र तराईमा कतै हुस्सु त कतै शीतलहर छ। सामान्यता माघ अन्तिमसम्मै देशभर तापक्रम ओरालै लागिरहन्छ।
जाडोले मानवीय क्रियाकलापजस्तै पशुपन्छीको पनि दैनिकीलाई प्रभावित गरिरहेको हुन्छ। जाडोमा जंगली पशुपन्छी दिनचर्या कस्तो छ त?
चिसो मौसममा धेरैजसो जनावरहरु घाम ताप्न बाहिर निस्कने गर्छन्। चराचुरुंगी र जनावरहरु हेर्न पर्यटक पनि लालयित देखिन्थे। जाडोमा तुलनात्मक रूपमा बाह्य पर्यटक कम मात्र पुग्ने गरेका छन्। विद्यालयले जाडो बिदा मनाउन विद्यार्थीहरुलाई निकुञ्ज पुर्याउने गरेका छन्। सौराहा बजार तःथा निकुञ्ज क्षेत्र जाडमै पनि पूर्ण सुनसान भने छैन।
घाम लागेपछि जनावरहरूको चहलपहल बढ्ने रहेछ। निकुञ्जमा गैंडा, पाटे बाघ,पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरका गतिविधि नियाल्न पाइन्छ। चितवन राष्ट्रिय निकुञ्ज पुगेर हामीले केही दृश्य कैद गरेका छौँ।
हेरौँ केही तस्बिर

















२०३० साल असोज ४ गते (सन् १९७३ सेप्टेम्बर २०) स्थापना भएको निकुञ्ज ९५२.६ वर्ग किमीमा फेलिएको छ। चितवन, मकवानपुर, पर्सा र नवलपुर जिल्लाका केही भूभागहरूलाई ओगट्ने यो निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालले ढाकेको छ।
-नेपाल फोटो लाइब्रेरी
