बनियानी (झापा)- झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो।
वडाका विपन्न समुदाय जाडोमा चिसो भूईमा सुत्नु पर्ने बाध्यतालाई मध्यजनर गर्दै खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए। यहाँका ४ सय परिवारलाई मिनी खाट वितरण गरिएको छ। उनले भने, वडामा अधिकांश विपन्न समुदाय बस्छन् । जसको घरमा खाट छैन, यो माघको जाडोमा भुइमा सुत्नुपर्ने बाध्यता छ।
खाटमा १९ एमएमको प्लाइमा छोटो खुट्टा बनाई मिनी खाट तयार गरी वितरण गरेको हो। प्रसाईका अनुसार राज्यको रकम नभई विशुद्ध संघ संस्थाको सहयोगमा काम गरिएको हो।
शिवसताक्षी ४ मा को सौर्य परियोजना झापा इनर्जी सोलर प्यालन ढुवानीका क्रममा सुरक्षाका लागि प्यानलका दुवै पट्टी लगाइएको प्लाइ सहयोग मागी खाट निर्माण गरिएको अध्यक्ष प्रसाईको भनाई छ। जसमा लाग्ने खाटको खुट्टा र मिश्री खर्च विभिन्न संघ संस्थाको सहयोग रहेका उनले बताए।
वडा नं. ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव सतार, कर्मचार, मिश्री, थारु, तेली, राजवंशी ताजपुरिया जातिहरुको बाहुल्य रहेको छ।
वडाले यस अघि विपन्न समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई ज्याकेट वितरण गरेको थियो।


