काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न कर्मचारीका संगठनहरूले सरकारलाई अल्टिमेटम दिएका छन्।
निजामती कर्मचारीसम्वद्ध विभिन्न ट्रेड युनियन संगठनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै कारबाही नगरे देशव्यापी हडतालमा उत्रने चेतावनी दिएका हुन्।
नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मन्चले आइतबार गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त चेतावनी दिएका हुन्।
शुक्रबार दिउँसो प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई कुटपिट गरेका थिए। मोक्तानले शरीरको खानतलासी गर्न आनाकानी गरे गरेको प्रहरीको भनाइ छ।


